वन निगमको सीईओका लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : ४९
वन निगमको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पदपूर्ति गर्न खुला प्रतिस्पर्धाका लागि विज्ञापन गरेको छ । लिमिटेडको सीईओ पदपूर्ति समिति आज सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

पदपूर्ति समितिका अनुुसार, व्यवस्थापन, कानुन, अर्थशास्त्र, समाजशास्त्र, वातावरण विज्ञान र वन तथा प्राकृतिक स्रोत विज्ञान विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको व्यक्तिले आवेदन दिन सक्नेछ । साथै, १० वर्षको कार्यानुभव भएको र ३० वर्ष उमेर पूरा भएको तथा ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन बुझाउने पर्ने पनि बताइएको छ ।

आवेदन वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखामा बुझाउनुपर्नेछ । साथै, इच्छुक व्यक्तिले आवेदनका साथै आफ्नो व्यवसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपी र सफ्ट कपी छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस