गिरी बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १३ : ०१
गिरी बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

काठमाडौं   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिर‍िप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा मार्ल्यापण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन्। श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएकाे बताए।उनले भने, ‘बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो।’

देशलाई रूपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरिको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो।‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ। राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो’, अध्यक्ष दाहालले भने।

गिरिप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ।उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएकाे हो। गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस