काठमाडाैँ । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउँदा मात्र एक सय ६१ रनमा समेटियो ।
उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै, ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १२ : १२
लेखकबाट थप