तीजको अवसरमा वातावरणमैत्री साइकल र्‍याली

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, ११ : ५८
तीजको अवसरमा वातावरणमैत्री साइकल र्‍याली

काठमाडाैँ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साईकल र्‍याली आयोजना गरिएको छ ।महिला सशक्तिकरण तथा वातावरण सम्वद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सपोर्ट फर डिभलपमेन्टको सहयोगमा जनसंख्या, महिला तथा वातावरणीय विकास संस्था र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा वसन्तपुरमा र्‍याली आयोजना गरिएको हो ।

र्‍याली वसन्तपुर, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार भद्रकाली शान्तिबाटिका हुदै पुनः वसन्तपुर पुगेर टुंगिएको थियो ।

‘गाउँदेखि शहर महिला साइकलको लह’, ‘साइकल चढौं, खर्च बचाउँ,’ ‘महिलाको हात साइकलको साथ’, ‘साइकलको यात्रा महिला स्वतन्त्रता’ लगायत नाराका विभिन्न प्लेकार्ड र ब्यानरसहित र्‍याली गरिएको हो ।र्‍यालीमा नेत्री हिशिला यमी, विभिन्न सामाजिक अभियान्ता लगायतको उपस्थिति थियो ।

महिलाहरूको सहभागिता बढाउनुका साथै वातावरण संरक्षण र विकासमा महिला र पुरुष दुबैको समान र सक्रिय सहभागिता बढाउने र्‍यालीको उद्देश्य रहेको आयोजक विकास संस्थाका उपाध्यक्ष जगन्नाथ अधिकारीले बताए । उनले र्‍यालीमा लैगिक समानता र वातावरणको संरक्षण र विकास दुवैको बीचमा समान रूपमा सम्बन्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस