नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, ११ : ५०
नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात

 काठमाडाैँ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात गरिएकाे छ।

भन्सार विभाग अनुसार गत आर्थिक वर्षमा विदेशबाट नेपालमा एक अर्ब ७४ करोड ३२ लाख ७९ हजार बराबरको बाख्रा,चरा र भेडाहरू र अन्य जीवित जनावरहरु आयात गरिएकाे हाे।गत आर्थिक वर्षमा भारतबाट ४५ करोड ४७ लाख ३८ हजार बराबरको ५० हजार ७ सय ८७ वटा बाख्रा आयत भएको भन्सार विभागले जनाएको छ।

विदेशका विभिन्न देशहरूबाट गत आर्थिक वर्षमा एक अर्ब १५ करोड ६५ लाख २७ हजार बराबरको ९ लाख ५१ हजार ३ वटा घरपालुवा जीवित चराहरु आयात भएको छ। १ सय ८५ ग्राम भन्दा कम वजन भएका यी घरपालुवा जीवित चराहरु सबैभन्दा बढी थाल्याण्ड, मलेसिया र युकेबाट नेपालमा आयत भएको भन्सार विभागको तथ्याँकमा जनाइएको छ।

यसैगरी अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, हँगेरी र न्युजिल्याण्डबाट आयत गरिएको छ। यसै अवधिमा विदेशबाट नेपालमा १२ करोड १४ लाख ३६ हजार बराबरको अन्य जीवित जनावरहरु पनि आयात भएको छ।

अन्य जीवित जनावरहरु नेपालमा चिन, रसिया,सर्बिया,रोमानियन,कतार,पोल्याण्ड, पाकिस्तान,नेदरल्याण्ड,नाईजेरिया,हँगेरी,ईटली,अस्ट्रेलिया जस्ताहरु देशहरुबाट आयात भएको छ।यसैगरी चिनबाट गत आर्थिक वर्षमा १३ लाख १२ हजार बराबरको २ सय २० वटा जीवित भेडा आयत गरिएको छ।

नेपालमा करिब पौने दुई अर्बको जीवित जनावहरु आयात हुँदा निर्यात भने जम्मा ६ हजारमो मात्रै गरिएको भन्सार विभागको तथ्याँक छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने विदेशबाट नेपालमा एक अर्ब ६० करोड ७८ लाख ८८ हजार बराबरको जीवित जनावरहरुको आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ९५ करोड ५७ लाख ६१ करोडको जीवित जनावरहरुको आयात भएको भन्सार विभागले जनाएको छ।

यसवर्ष नेपालबाट विदेशमा ९२ लाख ६ हजारको जीवित जनावरहरु निर्यात समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस