कृष्णजन्माष्टमीको भीडमा च्यापिएर २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, ०८ : २१
कृष्णजन्माष्टमीको भीडमा च्यापिएर २ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा कृष्णजन्माष्टमी मनाउने भीडमा च्यापिएर २ जनाको मृत्यु भएको छ ।

मथुरा वृन्दावनको बांके बिहारी मन्दिरमा अबेर राति भागदौड हुँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भीड धेरै भएपछि ५० भन्दा बढी व्यक्ति बेहोस भएका थिए ।

स्थानीय एसएसपी अभिषेक यादवका अनुसार भीड बढी भएका कारण घटना भएको हो । मृतकहरू नोएडा निवासी निर्मलादेवी  र वृन्दावन निवासी राजकुमार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस