माओवादी सांसद विशंखेको आरोप : राष्ट्रपतिले विवेकको प्रयोग गर्न सक्नुभएन

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १६ : ४८
माओवादी सांसद विशंखेको आरोप : राष्ट्रपतिले विवेकको प्रयोग गर्न सक्नुभएन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपतिले समेत यस्तो आरोप लगाएकी हुन् । उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन् । 

सांसद विशंखेले संसदमा भएका सांसदलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिए । उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताए । उनले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताए । उनले नागरिकताको बारेमा फरक रूपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताए ।

सांसद विशंखेले सहज रूपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस