एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु र एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

सोमबार, २८ जेठ २०७५, १९ : ३०
एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु र एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले सर्लाहीमा दुई नयाँ शाखाहरु विस्तार गरेको छ भने झापामा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  

बैंकले सर्लाहीको बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको जेष्ठ २७ गते उद्घाटन गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस