काठमाडौँ । प्रतिनिधि सभाकी सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताएकी छन् । बिहीवार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक दलहरू नागरिकता सम्बन्धमा गम्भीर नहुँदा लाखौँ नागरिक नागरिकताविहीन हुनुपरेको दाबी गरिन् ।
सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौँ नागरिकको अधिकारमाथि कुठाराघात गरेको टिप्पणी गरिन् । उनले राष्ट्रपति जनताको भावना, संवेदनशीलताभन्दा पनि राजनीतिक दलभन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १४ : ३४
लेखकबाट थप