काठमाडौँ । नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेले नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचार लागि पठाएपछि संशोधन गरेर मात्रै पठाइनु पर्ने माग राखेकी छन् ।संविधानले नै नागरिकताको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले २०७५ सालमा राज्य व्यवस्था समितिमा यस विषयमा लामो छलफल भएको स्मरण गराइन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद तुम्बाहाङ्फेले वैवाहिक अंगीकृत नागरिकता दिँदा कम्तिमा सात वर्षको प्रावधान राखिनु पर्ने बताइन् । उनले नागरिकता जस्तो संवेदनशील विषयमा गम्भीर भएर सोच्न जरुरी रहेको बताइन् ।
उनले आमाले बाबुबारे स्वघोषणा गर्ने कुरा संशोधन गर्नुपर्ने बताइन् । स्वघोषणाले महिलाको आत्मसम्मानमा ठेस पुग्ने भएकाले यसलाई सच्चाउनुपर्ने माग गरिन् । ‘महिलालाई विभेद गर्ने व्यवस्था संशोधन गरिनुपर्छ ’ उनले भनिन् ‘यो विधेयकले महिला र पुरुषबीच गरेको विभेदलाई समान बनाउन पर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १४ : ०८
लेखकबाट थप