काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक मिन विश्वकर्माले नागरिकता अध्यादेशमा लालमोहर लगाउँदा अहिलेका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही नबोलेको बताएका छन्। अहिले १४ दिन विधेयक अड्काएर फिर्ता गरेको भन्दै अध्यादेशमा रहेकै विषय विधेयकमा रहेको दाबी गरे।
उनले भने, '२०६३ मा अन्तरिम संविधान निर्माण गर्दा, त्यसैका आधारमा नागरिकता ऐन २०६३ बनाउँदा र २०७२ मा संविधान जारी गर्दा वर्तमान प्रावधानमा सबै दलको सहमति थियो। अध्यादेश लालमोहर लगाउँदा ज्ञान भएकै हो। अध्यादेश नै विधेयकमा रहेको छ।'
उनले संसदीय व्यवस्थामा अन्तिम प्रमाणित गर्न मात्रै राष्ट्रपतिकहाँ पुग्ने गरेको जिकिर गरे। उनले अहिले राष्ट्रियताको मौसमी कुराले यस्तो भएकोतर्फ संकेत गरे। उनले थपे, 'यसअघि नै राष्ट्रिय सहमति भएको छ। राष्ट्रियताका कुरामा हामी मौसमी भएका छौं। पूर्व फर्किँदा एउटा राष्ट्रियता, दक्षिण फर्किदा अर्को राष्ट्रियता र उत्तर फर्किदा अर्को भइरहेको छ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १३ : ३४
लेखकबाट थप