काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको र पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्।
पेरिसडाँडामा आयोजित दिवंगत माओवादी नेता रामवृक्ष यादवको २८औं स्मृति दिवसका कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी नेताहरू अहिले स्वार्थी बन्दै गएको टिप्पणी गरे। 'हामी हिजो जस्तो क्रान्तिकारी छैनौं, स्वार्थी भएका छौं। राष्ट्रका लागि, क्रान्तिका लागि कसरी त्याग गर्ने भन्ने होइन आफ्नै लागि कसरी गर्ने भनेर लागेका छौ', माओवादी नेताहरूप्रति लक्षित गर्दै प्रचण्डले भने, 'हामी सामूहिक भावनाबाट, टिम स्पिरिटबाट जाने भन्दा स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं। यसले पार्टीको क्रान्तिकारी चरित्रमा नराम्रोसँग स्खलन आएको छ।'
दस्तावेज, किताब र भाषणमा चाहिँ अहिले पनि क्रान्तिकारी नै देखिने गरेको प्रचण्डले बताए। तर, नेताहरूको व्यवहार, आचरण र दैनिकी दस्तावेज र भाषणसँग नमिल्ने बताए। यद्यपि, नेपालमा भएका राजनीतिक दलहरूमध्ये विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकता दिने आफ्नो पार्टी मात्र भएको उनले दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड