काठमाडौँ । सिट बाँडफाँटका लागि प्रतिवेदन तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सामान्य छलफलमै सीमित भएको हो ।
यसअघिको बैठकले शीर्ष नेताहरुसँग परामर्श गरेर प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो । तर साे अवधिमा सिटौलाले कुनै कदम नचालेपछि बैठक निष्कर्षविहीन बनेको र अब फेरि सिटौलालाई शीर्ष नेताहरूसँग भेटेर बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने निर्णय भएको कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघिको बैठकमा संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटमा २०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने सैद्धान्तिक सहमति भएकाे छ ।
अब कार्यदलको अर्काे बैठक शनिबार बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १९ : ४७
लेखकबाट थप