काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १९ : ११
लेखकबाट थप