माओवादीसँग पार्टी एकताका लागि समिति बनाउन एकीकृत समाजवादी तयार

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १७ : ४२
माओवादीसँग पार्टी एकताका लागि समिति बनाउन एकीकृत समाजवादी तयार

काठमाडौं । नेकपा एकीकृत समाजवादी चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन तयार भएको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस