काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक(पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए ।
ललितपुरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने १ कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।
कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिपछि हिँडेको ओलीको आरोप थियो । ुइतिहासमा पनि पटक(पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ,उनले भने ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)