रोल्पा । नेकपा एमालेका सचिव टोपवहादुर रायमाझीले एमालेबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गरेका छन् ।
बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाए । ‘दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससंग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो’ रायमाझीले प्रश्न गरे ।
अहिले तत्कालका लागि नेकपा एमालेलाई केही अप्ठेरोमा परेको जस्तो देखिए पनि यसले कालान्तरमा फाइदा पुग्ने उनले दावी गरे ।आफूहरु नेकपाको निरन्तरको रुपमा रहेको नेकपा एमालेमा रहेको बताउदै केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिएको बताए । पार्टी छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १४ : ५३
लेखकबाट थप