राप्रपा फाेहरमा राजनीति गर्नेजस्ताे फाेहरी काम गर्दैन-लिङ्देन

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १२ : १०
राप्रपा फाेहरमा राजनीति गर्नेजस्ताे फाेहरी काम गर्दैन-लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टीले फाेहरमा राजनीति गर्नेजस्ताे फोहोर  काम नगर्ने बताएका छन्।काठमाडाैँ महानगरकाे फाेहर व्यवस्थापनमा अवराेध गर्ने क्रममा राप्रपाकाे संलग्नता भएकाे भन्ने समाचारकाे खण्डन गर्दै उनले यस्ताे बताएका हुन्।यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनकाे भनाइ छ।

अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्,’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहन्छु। राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैन। फोहर बोकेका गाडीहरू अवरुद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होइन, यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाही समेत गर्नेछ। जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन। भविष्यमा यसप्रकारको गलत संदेश संप्रेषित नहुने अपेक्षासमेत गर्दछु।’

प्रतिक्रिया दिनुहोस