काठमाडौं । पाँच दलीय गठबन्धनले सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई अघि बढाउने निर्णय गरेको छ। मंगलबार बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकार यो विषयलाई सदाका लागि अन्त्य गर्न प्रतिबद्ध रहेको पनि कार्कीले बताएका छन्।
‘सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेययलाई अघि बढाउने निर्णय गरेको छ,’ कार्कीले भने, ‘बृहत छलफल गरी यससँग सरोकार राख्ने सरोकारवाला समूहसँग संवाद गरी उहाँहरूले दिएका सर–सल्लाहा र सुझावलाई गहन रुपमा लिएर छलफल गरी अघि बढाउने सहमति भएको छ।’
साथै, यस विषयलाई लिएर कानुनमन्त्रीले केही दिनदेखि गहन रुपमा छलफल गरिरहेको मन्त्री कार्कीले बताएका छन्। सरकारले संसद्मा केही दिनअघि उक्त विधेयक दर्ता गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १५ : ४२
लेखकबाट थप