प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण

बुधबार, २७ मंसिर २०७४, १९ : ३०
प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण

चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि पुरानो  मेडिकल कलेजले बुधबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालयलाई दुई थान ब्रेथलाईजर हस्तान्तरण गरेको छ ।


कार्यक्रममा कलेज अफ मेडिकल साईन्सेसका प्रमुख संचालक अधिकृत डाक्टर सुप्रभात श्रेष्ठले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापालाई ब्रेथलाईजर हस्तान्तरण गरेका थिए । प्रहरी उपरीक्षक थापाले बे्रथलाईजरको प्रयोगबाट सवारी चालकले मदिरा पिएर सवारी चलाएको हो कि होइन भन्ने छुट्याउन सकिने बताए । 


जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी निरीक्षक सन्तोष पन्तले मदिरा पिएर सवारी साधन चलाउने चालकलाई नियन्त्रण गर्नका लागि अत्याधुनिक प्रविधिको आवश्यकता बुझेर मेडिकल कलेजले ब्रेथलाईजर सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । 

प्रतिक्रिया दिनुहोस