नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, २० : २४
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्।उनी शनिबार साँझ काठमाडौँ आइपुगेका हुन्।

मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुको राजीनामापछि मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि प्रभाकरलाई नियुक्त गरेको हो।

नेपाल भदौ पहिलो साता पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमणमा जाँदैछ। जहाँ प्रशिक्षकको रुपमा प्रभाकरले पहिलो पटक नेपाली टोली सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस