कोरोना अपडेट : थप ८१५ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १६ : २७
कोरोना अपडेट : थप ८१५ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस