७४ लाख हुण्डीको पैसासहित ३ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १६ : ५२
७४ लाख हुण्डीको पैसासहित ३ जना पक्राउ

काठमाडौं  । ७४ लाख रुपैयाँ हुण्डीको पैसासहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो (सोमवार) काठमाडौंको अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक बरामद गरेको प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीले भारत राजस्थान शिखर जिल्ला, देवथला घर भई अनामनगर बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नरपालिका–४ का २० वर्षीय रामहरी दुलाल र रौतहट चन्द्रपुर नरपालिका–४ का २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको छ । प्रक्राउ परेका राजु र रामहरी अग्रवालका सहयोगी रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस