नेप्से ४३ अंकले घट्यो

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १६ : ०८
नेप्से ४३ अंकले घट्यो

काठमाडौं  । शेयर बजारको मापक सूचक नेप्से मंगलवार ४३.४५ अंकले घटेको छ । नेप्से एकैदिन २.०६ प्रतिशतले घटेर २०६२.८० अंकमा झरेको छ । बजारमा पहिरो जाने गरी घटेको दिन हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ता भने मालमाल भएका छन् । अरु अधिकांश कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घट्दा हिमालयन हाइड्रोका लगानीकर्ताले भने ९.९७ प्रतिशतसम्मले कमाएका छन् । 

मंगलवार बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा भने गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीले एकैदिन ७.२७ प्रतिशतले गुमाएको छ । 

मंगलवार बजार घटेको भए पनि कारोबार रकम भने २ अर्ब ८१ करोड रुपैयाँको भएको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२२ वटाको ६६ लाख ४६ हजार कित्ता शेयरको ४६ हजार पटक कारोबार भएको छ । 

मंगलवार नेप्सेमा सबैभन्दा बढी कारोबार गर्नेमा नागरिक लगानी कोष रहेको छ । यसको एकैदिन १५ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । यो सूचीकृत कम्पनीमध्येको सबैभन्दा धेरै कारोबार हो ।

प्रतिक्रिया दिनुहोस