आन्दाेलनरत १५ नासु पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १४ : २९
आन्दाेलनरत १५ नासु पक्राउ

काठमाडौं  । तलब फरक भएकाे भन्दै आन्दाेलनरत १५ जना नायब सुब्बा (नासु)लाई प्रहरीले पक्राउ गरेकाे छ।

सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै आज बानेश्वरमा विराेध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र ताेडेकाे भन्दै प्रहरीले पक्राउ गरेकाे हाे।आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दाेलन गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस