एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १३ : ५५
एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति

काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन? भन्ने विषय आम जनताको पनि सरोकारको विषयमा भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताए। 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन्? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसद्ले ढिलाई गर्न नहुने बताए। 

उनले भने, ‘यो सदनभित्र पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौं। के हामी घर जाँदा–जाँदा एम अधिकारीको पहिचान गर्न सक्छौं? किनभने सदनमा पटक–पटक उठेको विषयमा हामीले गएर जनताको बीचमा के जवाफ दिने हो? एम अधिकारी को हुन्? महाप्रसाद अधिकारी हुन कि, माधव अधिकारी हुन्? कहाँका बासिन्दा हुन्। राष्ट्र बैंकका गभर्नर हुन वा कुनै कृषक हुन? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदाखेरी सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौं भनेर भन्ने थियौं।’
 

प्रतिक्रिया दिनुहोस