लिभरपुलका मिडफिल्डर अलकान्तरा ६ साता मैदान बाहिर रहने

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : ४९
लिभरपुलका मिडफिल्डर अलकान्तरा ६ साता मैदान बाहिर रहने

काठमाडौं  । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्तरा ६ साता मैदान बाहिर रहने भएका छन् ।  ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । ३१ वर्षीय स्पेनिस मिडफिल्डर अलकान्तरा प्रिमियर लिगको पहिलो खेलमा फुलहमसँग खेल्दा घाइते हुन पुगेका हुन् । घाइते भएपछि खेलको ५१ औं मिनेटमा उनलाई हार्वे इलिओटले प्रतिस्थापन गरेका थिए । उक्त खेल २–२ को बराबरीमा सकिएको थियो ।  

उनी अक्टोबर मध्यबाट खेलमा फर्कने क्लबले जनाएको छ । थियागोको चोटले लिभरपुललाई थप समस्या सिर्जना भएको छ । एलेक्स अक्सलेड चेम्वरलेन, कर्टिस जोन्स, नावी केइटा र डिएगो जोटाल पनि चोटकै कारण टोलीमा उपलब्ध छैनन् । 

‘मलाई थाहा छ अब के आउनेछ, यो स्पष्ट छ । हामीले भन्यौ हामीलाई मिडफिल्डरको आवश्यकता छैन । हामीसँग पर्याप्त मिडफिल्डर छ । तर, अब समस्या यो छ कि हामीले त्यही चीजको सजाय पाउँदैछौं,’ प्रशिक्षक योर्गेन क्लोपले भने,‘हाम्रा प्राय मिडफिल्डर घाइते छन् । यो अवस्था राम्रो होइन । तर,हामी दवावमा छैनौं ।’

प्रतिक्रिया दिनुहोस