समानुपातिक मत परिणाममा एमाले को अग्रता

बुधबार, २७ मंसिर २०७४, १७ : १२
समानुपातिक मत परिणाममा एमाले  को  अग्रता

 

चितवन  । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशतर्फको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम आउनेक्रम भने जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार एमालले नै अग्रता लिइरहेको छ । ६३ लाख २८६ मत गणना हुँदा एमालेले २१ लाख ८८ हजार १३२ मत प्राप्त गरेको छ ।

२१ लाख ३ हजार ६०० मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले कांग्रेसभन्दा ८४ हजार ५३२ मतले पछि परेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका पक्षमा ८ लाख ८५ हजार ८१४ मत खसेको छ ।

चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले २ लाख ७६ हजार ८६३ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस