काठमाडौं । अमेरिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।
अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिक भएको घटनामा २ पुरुष र २ महिला घाइते भएका हुन् । अमेरिकामा केही दिनदेखि जारी भारी वर्षा र आँधीकाबीच चट्याङ लागेको हो । वासिङटन डीसीको लाफेएक पार्कमा भएको घटनापछि सोही क्षेत्र सील गरिएको छ ।
अमेरिमा वर्षेनी आउने आँधी सामान्य भएपनि चट्याङ लागेर घाइते हुने घटना भने दुर्लभ हो । अमेरिकाको राष्ट्रिय मौसम सेवाले आँधी केही दिन जारी रहने भन्दै सबैलाई सचेत रहन अपील समेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० साउन २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले सेप्टेम्बरमा २ लाख ५४ हजार रोजगारी थप्यो
अमेरिकामा हेलेन आँधीका कारण मर्नेको संख्या १२८ पुग्यो
हेलेन आँधीका कारण अमेरिकामा ४२ जनाको ज्यान गयो
अमेरिकामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु
नेपालले अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने
आईसीसी लिग-२ : नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित