काठमाडौँ । नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक सुरु भएको छ ।
नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ ९एमओसी०को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको हो ।
‘हामीबीच जुन एमओसी छ । त्यसबारे समीक्षा गर्न जरुरी भयो,’ बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले कान्तिपुरलाई भने,‘हामी दोश्रो पटक बैठक बस्दैछौं ।’
बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गर्ने छन् । एमओसीपछि पहिलोपटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन । एमओसी अनुसार नेपालबाट ८ सय ३५ जना मात्रै नेपाली त्यसतर्फ गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ११ : ३९
लेखकबाट थप