संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १५ : ३३
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै प्रदर्शन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

नेपाल माओवादी पीडित संघ, द्वन्द्वपीडित समुदाय र नागरिक समाजले माइतीघरमा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले ‘ऐन संशोधन प्रक्रियामा पीडितहरूसँग सार्थक परामर्श गर’, ‘दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन’, ‘विधेयकका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नयाँ कानुनले आफूहरू थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस