ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १३ : ५७
ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

मुगुको छायाँनाथ रारा नगरपालिका-१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो।दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस