नेपाल फाइनान्सको साउन २३ गतेदेखि ११ लाख कित्ता शेयर लिलामीमा

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १२ : ५०
नेपाल फाइनान्सको साउन २३ गतेदेखि ११ लाख कित्ता शेयर लिलामीमा

काठमाडाौं । नेपाल फाइनान्सले संस्थापक शेयर लिलामीमा ल्याएको छ । साउन २३ गतेदेखि फाइनान्सले संस्थापक समूह तर्फको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।उक्त लिलामीमा कम्पनीको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस