पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १२ : ४७
पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

 काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबारसम्म साँझसम्मको समय सीमा तोकिएको छ ।‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलित व्यवसायीले सोमबारबाट हवाई इन्धनको अगि्रम ढुवानी नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पुरा नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी व्यवसायीले १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस