एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ मा, आवेदन दिने समय भदौ ५ गतेसम्म

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, ११ : २७
एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ मा, आवेदन दिने समय भदौ ५ गतेसम्म

काठमाडाैँ  । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आइतवार सार्वजनिक सूचनामार्फत ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सूचनामा परीक्षामा सहभागी हुन चाहनेले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बताएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एक जना विद्यार्थीले बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस