जनताको हितका लागि तेजमा अघि बढ्न मन्त्री कार्कीको आग्रह

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १९ : ०८
जनताको हितका लागि तेजमा अघि बढ्न मन्त्री कार्कीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन।

अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन ।नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहोर्‍याए।

त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकाररुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे । अवको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारहरुलाई साथ दिएको भन्दै इञ्जाको प्रशंशा समेत गरे ।

प्रतिक्रिया दिनुहोस