रेडियो बाजुरा नजिकै बम फेला

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १८ : ५६
रेडियो बाजुरा नजिकै बम फेला

बाजुरा । जिल्लाको बडिमालिका-९ स्थित रेडियो बाजुरा नजिकै बम फेला परेको छ ।

रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडि पट्टी बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सुरक्षा निकायको निगरानिमा रहेकै ठाउँमा बम भेटिएको हुँदा स्थानीय त्रसित भएका छन् ।

उक्त बमलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगी सकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त बम कसले राखेको हो र किन राखेको हो भने अनुसन्धान पछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस