दक्षिणकालीमा युवक मृत फेला

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १७ : १०
दक्षिणकालीमा युवक मृत फेला

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका(८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा नुवाकोट घर भएका ३५ वर्षीय धन कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता दाङको घोराही उपमहानगरपालिका १० चारबगीया बस्ने बिन्दु पुनकी छोरी ३ वर्षीय लिबिसा पुन घर नजिकै रहेको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित श्री देवालय राजाजी जोगिपोखरी मन्दिरको पेटिमा पनि सप्तरी ओद्राहा घर भएका  ५२ वर्षीय मिश्रीलाल यादव नाम बताउने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।  

त्यस्तै गुल्मी धुर्कोट गाउँपालिका-५ गानटारी छल्दी खोलाको किनारमा ईस्मा गाउँपालिका(६ बस्ने ३८ वर्षीय टिका बहादुर कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन् । ईलामको देउमाई नगरपालिका(१ मैदाने बस्ने ३८ वर्षीय थालुमान राई सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता पर्साको जगरनाथपुर गाउँपालिका २ दसिता टोलस्थित गण्डक नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस