हिटलरको घडी लिलामीमा विक्री

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ११ : ५१
हिटलरको घडी लिलामीमा विक्री

काठमाडौं  । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । 

यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो  उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए । 

प्रतिक्रिया दिनुहोस