रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ११ : २०
रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं  ।  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।रोनाल्डोले सामाजिक संजालबाट भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका हुन् । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ। 

उनले आज हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा छन् । उनी प्रि-सिजन टुरका लागि थाइल्याण्ड र अस्ट्रेलिया गएका थिएनन् ।रोनाल्डो केहि दिन अघि मात्र युनाइटेड फर्किएका हुन् । 

प्रतिक्रिया दिनुहोस