कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ०७ : ५२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस