संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्छ : सांसद पण्डित

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १४ : ५९
संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्छ : सांसद पण्डित

काठमाडौं । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताएका छन ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गरे ।

उनले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गरे । वर्तमान सरकार संघीयताको मर्म र भावना विपरीत चलिरहेको उनको भनाइ छ । सांसद पण्डितले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले नेपालको विशिष्टकृत शिक्षाको केन्द्र तथा पहिलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयलाई पटक–पटक तालाबन्दी गरेर बन्द गराउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस