बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : २८
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ  ।  बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते उक्त मुद्दामा उनलाई २ दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि कार्की फरार रहेका थिए । 

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१२ छाताचोकस्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस