साफ यु-२० : पहिलो जितको खोजिमा भारत

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १२ : २८
साफ यु-२० : पहिलो जितको खोजिमा भारत

काठमाडौं ।  यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ । 

नेपाली समयअनुसार दिउसो सवा ४ बजे सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । भारतको यो दोस्रो खेल हो । यसअघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ अन्तरले पराजित भएको थियो ।

यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र नेपालसँग ३-० अन्तरले पराजित भएको थियो । यता, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् । बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ ।  माल्दिभ्स भने पहिलो जित निकाल्ने दाउमा छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४-० अन्तरले पराजित भएको थियो । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ । 

जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भएपनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । यस्तै भारत, माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि यु-१८ र यु-१९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु-२० को आधारमा भएको हो । नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो । 

प्रतिक्रिया दिनुहोस