पोखराबाट काठमाडौं उडेको यतीको विमानमा समस्या, पोखरामा आकस्मिक अवतरण

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : ३८
पोखराबाट काठमाडौं उडेको यतीको विमानमा समस्या, पोखरामा आकस्मिक अवतरण

काठमाडौं। यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । 

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस