सवारी दुर्घटनामा एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : १८
सवारी दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ  । धनगढी उपमहानगरपालमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गएराति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो।  चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन्। 

उनको अनुहारमा चोट लागेको छ। पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस