शुरु भयो एक महिने गूँला पर्व

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १० : १८
शुरु भयो एक महिने गूँला पर्व

काठमाडौँ । आजबाट एक महिने गूँला पर्व सुरु भएको छ। काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्वीहरूले एक महिनासम्म गूँला पर्व मनाउने गर्दछन्।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ। वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।

गुूला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ। नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस