अमेरिकी नेता लू काठमाडाैँ आइपुगे

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १७ : ०५
अमेरिकी नेता लू काठमाडाैँ आइपुगे

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनी आउने भएकाले दिउँसैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस