भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १६ : २५
भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट सञ्चालनमा

चितवन । चितवन भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रा लिको शुभारम्भ गरिएको छ । छिटो र सरितो रुपमा विकास निर्माणमा सहयोग पुराउने लक्ष्यका साथ भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रालि सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार निर्माणको बढ्दो क्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरमा ठुलो परिमाणको कंक्रिट उत्पादन क्षमता सहितको शारदा रेडिमिक्स कंक्रिट १८ कठ्ठा जग्गामा फैलिएको छ ।

रेडिमिक्सका अध्यक्ष सुरेन्द्र विक्रम रावलले औपचारिक पूजाआजसहित भरतपुर १६ स्थित शिवघाटमा उद्योगको शुभारम्भ गरेका थिए। उद्योगले एम १०, एम १५, एम २०, एम २५ र एम ३० गरी ५ प्रकारका सामाग्रीहरु उत्पादन गर्ने अध्यक्ष रावलले बताए।

बजारको माग अनुसार राम्रो सेवा, उच्च गुणस्तरीय सामाग्री उत्पादन गरेर विभिन्न ठाउँमा सेवा पुर्याउने रावलले आशा राखे ।अरोमा विल्डरका अध्यक्ष, शारदा रेडिमिक्समा सञ्चालक तथा इन्जिनियर अजय कुमार सिंहले भवनको सम्पूर्ण डिजाईन तथा फिलिङ गरेका हुन् ।

रेडिमिक्समा  सुरेन्द्र विक्रम रावल, राजेन्द्र विक्रम रावल, रवि शमशमेर थापा, सुधिर कुमार ढकाल, र अजय कुमार सिंहसहित ५ जनाको लगानी रहेको छ ।  
उद्योगले प्रतिघण्टा ८० घनमिटर कंक्रिट उत्पादन गर्ने सञ्चालक रावलको दावी छ । आवासीय घर, व्यवसायीक ठूला महलहरु, सडक, पुल लगायतमा ढलान गर्न आवश्यक पर्ने कंक्रिट उत्पादन गरी चितवन, हेटौडां, बुटवल र दमौली सम्म सेवा उपलब्ध गराउने लक्ष्य रहेको रावलले बताए।

उनका अनुसार यस उद्योगबाट उत्पादित कंक्रिट प्रयोग गर्दा गुणस्तरीय ढलान हुनुका साथै उपभोक्ताको समयको समेत बचत हुनेछ ।  ४० तला सम्मको ढलानलाई सजिलै कंक्रिट माथि पठाउन सक्ने उद्योगले जनाएको छ । उद्योग सञ्चालनको लागि  ५ जना उद्यमीले १० करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।

झण्डै एक सय जनालाई रोजगारी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।उद्योगसँग सुरुवाती चरणमा ५ वटा ट्रान्जिष्ट मिक्स्चर, मोलिपम्प, जेसीबी, अफिसियल बोलेरो लगायतका साधनहरु रहेका छन् । बुम पम्प भने आउने प्रकृयामा रहेको छ ।

शारदा कम्पनीको रेडिमिक्स कंक्रिट तेस्रो कम्पनी हो । पहिलो कम्पनी शारदा पेट्रोल पम्प र दास्रो शारदा ट्राभल्स एण्ड टुर्स हो । जसले सौराहादेखि काठमाडौँसम्म र सौराहादेखि पोखरासम्म पर्यटन बसहरु सञ्चालन गर्दै आईरहेको छ । यस्तै शारदा कम्पनीलाई अब शारदा ग्रुपकै अगाडी बढाई भरतपुरमा नयाँ होटल खोल्ने तयारी पनि रहेको छ ।  

प्रतिक्रिया दिनुहोस