लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८र७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७र७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६र७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।
न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।
उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १० : १७
लेखकबाट थप